एशियन फोरमको टिम विल्डिङ कार्यशाला सम्पन्न
पाेखरा | असोज ९, २०७९
पोखरा । एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम)को आयोजनामा दक्षिण कोरियामा रहेका हाना नानुम फाउन्डेसन र वी फ्रेन्डस संस्थाको सहयोगमा टिम विल्डिङ कार्यशाला गोष्ठी पोखरामा सम्पन्न भयो ।
कार्यक्रममा स्वदेश फिर्ता भई विभिन्न पेशा व्यवसायमा आवद्ध, कृषि बिज्ञ, पर्यटन बिज्ञ, निति तथा कानुन बिज्ञ, पत्रकारहरु, स्थानीय जनप्रतिनिधिहरु साथै बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।
नेपालको समग्र सामाजिक एवं श्रम आप्रसनका क्रममा श्रमिकहरुको हक तथा अधिकार कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयका साथमा स्वदेश फिर्ता आप्रवासी श्रमिकहरुको आर्थिक सामाजिक तथा संबेगात्मक पुनःएकिकरण का लागि स्थानीय, प्रदेश तथा केन्द्रमा के कस्ता निति तथा कार्यक्रम हुनुपर्छ भन्ने विषयमा केन्द्रीत रहेको थियो ।
कार्यक्रममा सहभागी विभिन्न क्षेत्रमा दक्षता प्राप्त ब्यबसायीहरुले आफ्नो तवरबाट बिचार प्रस्तुत गरि कार्य योजना अनुसार काम प्रतिबद्धता जनाएका थिए ।
सो गोष्ठीमा आगामी दुई बर्षको लागि स्वास्थ्य र स्वच्छता सम्बन्धी कार्यक्रम संस्थाका कार्यक्रम तथा गतिविधि तय गरिएको संस्थापक अध्यक्ष सिद्धिचन्द्र वरालले वताए ।
एशियन फोरमका केन्द्रिय अध्यक्ष किस्मतमणी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा श्रम आप्रबासन विज्ञ निलाम्बर बडालले सहजीकरण गरेका थिए ।
पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

